अर्घाखाँचीका वनहरुमा आगलागी तिव्र रुपमा हुन थालेपछि सेनालाई आगो निभाउन भ्याए नभ्याई

– गणेश खनाल

 

अर्घाखाँची असार २ गते । जिल्लाका वनहरुमा आगलागी तिव्र रुपमा हुन थालेपछि नेपाली सेनालाई आगो निभाउन भ्याए नभ्याई भएको छ । जिल्लामा रहेका राष्टिय वन र सामुदायिक वनमा लामो समयको खडेरीका कारण  आगलागीका घटना बढेपछि सेनालाई आगो निभाउन भ्याई नभ्याई भएको हो ।


पछिल्लो ५ महिनामा मात्र राष्टिय वन र सामुदायिक वन गरि कुल २० वटा वनहरुमा आगोलागी भएको र सबै ठाउमा सेनाले आगो नियन्त्रणमा लिएको चन्द्रनाथ गणका कर्नेल रामकाजी राना मगरले जानाकारी दिनुभयो ।


जिल्लामा यति धेरै आगलागीका घटना भईरहेका छन्तर आगोलागी नियन्त्रण गर्नका लागी आवश्यक पर्ने भौतिक सुविधा केहि छैनन् मगरले थप्नुभयो हात र स्याउलाले आगो निभाउदा आफुहरुलाई निकै कठिनाई भएको मगरको भनाई छ । राज्यले आगो नियन्त्रणका लागी भनेर कुनै रकम छुट्टाएको हुदैनहामीलाई आर्थिक रुपले समस्या छ कसरी गाडीको व्यवस्था मिलाउन उहाले भन्नुभयो ।


यता जिल्ला वन कायालय अर्घाखाँचीमा पनि आगो नियन्त्रण गर्नको लागी साबेल बाहेक अन्य कुनै सुविधा छ्रैन् । जिल्लालाई एउटा दमकलको आवश्यक रहेको भन्दै केन्द्रमा जानकारी पठाईएको जिल्ला वन कार्यलय प्रमुख पंचलाल शाहले जानकारी दिनुभयो ।


जिल्लामा यो वर्ष मात्रै आगलागी बाट घर गोठ वोटविरुवा सबै गरि कुल १ अर्व भन्दा वढी क्षेति भएको कायलर्यको भनाई छ । आगलागी खास गरेर तस्कर स्थानीय अराजक व्यक्तिले लगाएको पाईएको जनाईएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा नेपाली सेना र नेपाल प्रहरी नहुने हो भने कार्यक्रम पनि धेरै खल्लो हुने गरेको पाईएको छ ।

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।