तीन दिनदेखि परेको अविरल वर्षाका कारण पाँचथरको आधा दर्जनभन्दा बढी उत्तरपूर्वी गाविसका बासिन्दा पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोको कारण अहिले दुई सय वढी परिवार विस्थापित हुने अवस्थामा पुगेको हो ।
पाँचथरको ओयाम, एकतिन, नाँगिन, सिदिन, मेमेङ, प्राङबुङ, याङनामलगायत गाविसका बासिन्दा पहिरोको जोखिममा परेका हुन् ।
काठमाडौंसहितका देशका अरु जिल्ला खडेरीको चपेटामा परेका बेला पूर्वी पहाडी जिल्लामा भने बर्षात्को चेपमा परेका हुन् । – RSS