काठमाडौं – माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा राष्ट्रिय भेला सुरु भएको छ। राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा सुरु भएको भेलामा देशव्यापीरुपमा ३ हजार २ सय प्रतिनिधि उपस्थित भएका छन।
राष्ट्रिय भेलामा मोहन वैद्य, सीपी गजुरेल, पम्फा भुसाल, हरिभक्त कँडेललगायतका नेता उपस्थित रहेको छ।
भेलाले नयाँ पार्टीको नाम सार्वजनिक गर्ने पछी माओवादी औपचारिक रुपमा बिभाजन हुनेछ ।
माओवादी कार्यकर्ता, पूर्व लडाकुहरुको बौद्ध क्षेत्रमा बाक्लो उपस्थिति छ। उद्घाटन सत्रपछि भेलाको बन्दसत्र आजै सुरु हुनसक्ने बताइएको छ। हिजो एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकिकरणका लागि आह्वान गरे पनि वैद्यपक्षले त्यसलाई लत्याउँदै आजबाट राष्ट्रिय भेला सुरु गरेको हो।
भेलालाई माओवादी पार्टी विभाजनको प्रारम्भका रुपमा लिइएको छ।