नयाँ दिल्ली – भारतको सत्तारुढ गठवन्धन युपिएले वर्तमान सरकारका अर्थ मन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपति पदको उमेद्वार घोषणा गरेको छ। युपिए अध्यक्ष सोनिया गान्धीले आधिकारिक घोषणा गर्दै मुखर्जीलाई भावी राष्ट्रपतिकारुपमा जिताउन अपील गरिन्। संसद सदस्य र समर्थकलाई उनले यस्तो आह्वान गरेकी हुन्।
पाँच दशकदेखि सक्रिय राजनीतिमा रहेका प्रणव सर्वसम्मत उमेदवार भने होइनन्। गठवन्धन सरकारको एक प्रमुख घटक रहेको तृणमूल कङ्ग्रेसले उमेद्वारका रुपमा पूर्व राष्ट्रपति एपीजे अब्दुल कालमको नाम अगाडि सारेको थियो। वंगालमा सरकारको नेतृत्व गरिरहेको तृणमुलका अध्यक्ष ममता वेनर्जीले कालमको नाम उमेद्वारका रुपमा अघि सारेकी थिइन्। उमेद्वार चयनको प्रकरणले भारतीय राजनीतिमा ठूलैं कम्पन ल्याएको छ।
वेनर्जीले गठवन्धन सरकारसँग सम्वन्ध सुधार्छिन या उनको दल केन्द्रीय सत्ताबाट बाहिरिन्छ अझै यकिन भएको छैन। समाजवादी पार्टी र तृणमुलका नेताहरुको पटक पटक भेटले वर्तमान प्रधान मन्त्री मनमोहन सिंहसहित, कालाम र एक अर्का नेतालाई राष्ट्रपतिको उमेद्वारका रुपमा अगाडि सारेका थिए। तर भारतीय कङ्ग्रेसका अध्यक्ष सोनिया सिंहको रोजाईमा परे मुर्खजी।
– एजेन्सी