चीनले महिला अन्तरीक्ष यात्रीसहितको रकेट प्रक्षेपण

चीनले महिला अन्तरीक्ष यात्रीसहितको रकेट प्रक्षेपण गरेको छ ।

 

चीनले गोवी मरुभुमिको जीक्वान अन्तरिक्ष केन्द्रबाट सेन्जाओ ९ नामक पछिल्लो पटक विकास गरिएको रकेट प्रक्षेपण गरेको हो ।

 

रकेटमा प्रथम महिला अन्तरीक्षयात्री ल्यु याङसहितका तीन जना सवार छन् ।

 

उनीहरुले तियानगोङ अन्तरीक्ष प्रयोगशालामा एक सातासम्म रहेर विभिन्न खाले परीक्षण गर्ने भएका छन् ।

 

उनीहरुले रकेटमा बस्नुअघि चिनियां कम्युनिष्ट पार्टीका बरिष्ठ अधिकारीहरुसंग कुराकानी गरेका थिए ।

 

रकेटमा बसेपछि उनीहरुले हल्का मुस्कानसहित अभिवादन ब्यक्त गरेका थिए । उडेको ८ मिनेटपछि रकेट पृथ्वीको कक्षमा प्रवेश गरेको र अन्तरिक्ष यानका सबै यन्त्रहरुले सामान्य ढंगले काम गरेको चिनियां अधिकारीहरुले जनाएका छन् ।

 

उनीहरुलाई तियानगोङ अन्तरीक्ष प्रयोगशालामा पुग्न दुई दिन लाग्ने जनाइएको छ ।