सिरियामा जारी हिंसामा पर्यवेक्षकमाथिनै आक्रमण हुन थालेपछि संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले पर्यवेक्षणको काम छाडेका छन् ।
जारी नरसंहार र प्रदर्शनकारीको स्थिति अवलोकनका लागि सिरिया पुगेका पर्यवेक्षकमाथि विभिन्न गाउँमा आक्रमण बढेपछि सुरक्षाको माग गर्दै उनीहरुले काम छोड्ने निर्णय गरेका हुन् ।
सिरियामा नरसंहारको रोकिएको छैन प्रदर्शनकारी रहेको क्षेत्रमा सेनाले कब्जा गर्ने क्रम जारी नै छ ।
सिरिया नरसंहारका विषयमा विश्व समुदायले चासो देखाए पनि हिंसामा कुनै कमी आएको छैन ।
राष्ट्रपति बशार अल असादको अधिनायकवादी शासनविरुद्ध भएको आन्दोलनमा १० हजारभन्दा बढी नागरिक मारिइसकेका छन् ।