संस्था वा व्यक्ति खराब !!!


-विजय थापा

भर्जिनिया ,सयुक्त राज्य अमेरिका

 

पृथ्वीमा जति पनि सामाजिक संस्थाहरुको जन्म भएको छ  ,कुनै पनि संस्था खराब उदेश्यबाट जन्म भएका हुदैनन l  केवल  आतंक फैलाई  निर्दोष माथि सांघातिक हमला,सफाया र नरसंहार गर्ने समुह बरु खराब र बद्नाम  हुन् सक्दछ l यो कुराले मलाई सधै मेरो स्मृति पटलमा सुईरोले हानी रहन्छ र यसको प्रति उत्तर खोज्न भौतारिन्छु l कलम कहिले काही चलाउने र सामाजिक सेवामा संलग्न भएको हैशियतले मैले आफ्नो विचार राख्नु पर्ने अपरिहार्य हुन्छ l यसै बिषयको सेरोफेरोलाई केन्द्र बिन्दु बनाएर पाठक वर्ग ,संचारकर्मी र बिद्द्वतवर्ग प्रति आफु भित्र रहेको खुल्दुलीको पोको खोल्ने प्रयास स्वरूप आफ्नो भावना र विचार प्रस्तुत  गर्दछु l


व्यक्ति वा संस्था खराब वा नराम्रो र बदनाम छ भन्ने गरेको आरोप लगाएको सबैले सुनेको हुनु पर्छ र म पनि अछुतो छैन l यसै बिषयमा समय खर्च गरि यो पंक्तिकारले दर्जनौ संस्थाहरुको बिधान गहनपूर्ण अध्ययन गर्ने क्रममा संस्थाको दर्शन ,पृष्ठभूमि र उदेश्य आदिमा संस्थालाई भाई भारदारको हातमा सत्ता सुम्पिने छ ,गैर मुनाफा संस्थालाई आफ्नो पुर्खाको बिर्ता सम्झी पुस्तालाई हस्तान्तरण  गरिने छ  ,सत्ता र बागडोर सदैब आफ्नो पकडमा हुने छ भनि कतै उल्लेख नगरिएको पायो  l तर मानब स्वभाब लालचमा फस्दछ ,हामी त नेपाली ,सत्ता र कुर्शीको लागि मरी मेट्ने र केवल सत्ताको लागि आफ्नो परिवारको वंसनास गर्ने ईतिहास पनि हामीले बुझेका छौ l हामी बिदेशी माटोमा त कुर्शीको लागि हात हालाहाल सम्मको अवस्था र अदालतको कठघरामा पुर्याउने समेत हामीले भोगेका छौ र देखेका छौ l यस्तो बिचारले हामी दलदलमा भासिने छौ र कहिले उठन नसकिने गरि ओछ्यानमा थला पर्ने छौ l


यो पंक्तिकारलाई  पनि कुर्सिको भोको आदि ईत्यादीको आरोप लगाईयो l मुखमा बुझो लाग्यो र यो अध्याय नै समाप्त भयो l यसै बिषयमा अमेरिकाको रास्ट्रिय स्तरको ३० बर्ष ईतिहास बोकेको गैर मुनाफा संस्था ए एन ए (एसोसियसन अफ नेपलिज इन अमेरिका )बिगत २ -३ बर्ष देखि चर्चा र परिचर्चाको शिखरमा पुगेको छ   l बिगतको एउटा महासम्मेलनमा आर्थिक अनिमियताको कारण दश बर्षे जनयुद्दमा म्याग्दी र सोलुखुम्बू जिल्लाको सदमुकाम आक्रमण जस्तै  रास्ट्रको चौथो अंग संचार माध्यमले भिषण गोला बारुद गरे l सत्य र तथ्य सतह बाहिर आयो l बिश्व भर डडेलो लागे जस्तो हरेक समाचारको मुख्य पृष्ठमा ए एन ए ले स्थान पायो l ए  एन ए  प्रति नकारात्मक  सोच राख्नेलाई  स्वाद  पर्यो र  सबैले जानकारी पाए l पत्रकारको भूमिका सराहनीय रह्यो किनभने पत्रकारिता समाजको दर्पण  हो ,सामाजिक सचेतनामा सदैब खबरदारी गरिरहने ,जनता प्रति जवाफदेही हुने , सत्य ,तथ्य ,निस्पक्ष्य र निर्भिक  समाचार सम्प्रेषण गर्नु उसको कर्तब्य  हो l नराम्रो कुराको भण्डाफोर भयो l ए  एन ए संस्थालाई  पुनर्जीवित  गरियो र यो समाचारले केहि आंशिक स्थान पायो l यो समाचारले कसैलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैँ भयो l



धरानकी अनुजा बानियाले (९०) नब्बे लाख नगद र गहना भेटि पुन: मालिकलाई रकम फर्काएको समाचार कान्तिपुरले प्रकाशित गर्यो र विश्व भरि यो मुख्य पृष्ठमा छापियो तर समाचार झुटो निस्कियो l कान्तिपुरले हामीबाट सम्पादन र सत्य तथ्यमा हाम्रो कमजोरी रहेको स्विकारी पाठक वर्गसंग माफ मागेको समाचारले कान्तिपुर प्रति पाठक वर्गको विश्वासनियता बढयो l ए एन ए (एसोसियसन अफ नेपलिज इन अमेरिका ) बिबादमा फस्यो अदालतले दुधको दूध पानीको पानी  छुट्याई  दियो l गलत समाचार प्रकाशित भएकोमा हामीबाट त्रुटी भएछ र क्षमा प्राथी छौ भन्ने कुनै समाचारमा प्रकाशित भएको देखिएन  र आएन  l कहिलेकाही आफु कलम चलाउने भएको नाताले लेखहरु हेरी रहनु पर्छ l अझ पनि कहिलेकाही संस्थाहरुलाई घुमाई फिराई खराब ,बद्नाम र दुर्भाग्यशाली भनि पटक पटक कलम चलाएको देख्दछु l  संचारकर्मीहरुले कसैको पनि समाचार प्रकाशित गर्नु पर्ने अनिवार्य  र बाध्यता हुदैन l उ कसैको दास पनि हुदैन कसैको दबाब अनि कसैको झोला बोक्ने र भजन पनि गाउदैन  l


ए एन ए ले ३० बर्षको ईतिहासमा महत्वपूर्ण कार्य गरेको ईतिहास  छ  , ५००० हजार भन्दा बढी सदस्यहरु भएको संस्था ए एन ए भनि गौरब गर्ने र अमेरिका कै सबैभन्दा ठुलो मात्रामा सहभागी हुने गैर मुनाफा सामाजिक संस्थाको डम्फु बजाउने चुनाबको मुखमा २०० जना मात्र आधिकारिक  सदश्य हुन् भनि खाका पनि तैयार भो तर  समयको कालचक्रसंगै यो बिषयको अध्याय समाप्त भयो  l कुनै पनि संस्था कहिले खराब  हुदैन l ए एन ए कहिले पनि खराब थिएन ,हुदैन र हुनेवाला पनि छैन l कसैले खराब हो भन्दैमा खराब हुने कहिले हुन्छ त ? केवल रथ हाक्ने सारथिको कारण संस्था र पात्रहरुको भूमिकाले बद्नामको लेप लागेको हुन्छ  l बिभिन्न राष्ट्रहरुले नेपालको  राजनीति र राजनीतिज्ञहरुको कारणवाट नेपालको दुर्दशा भएको ठहर गर्दछन l यसमा नेपाल आमाको के दोष ? मात्री भूमिले कसलाई के बिगारेको छ ,कसलाई  बिझाएको छ l त्यस्तै  ए एन ए ले कसको के खाई दिएको छ ,कसको नराम्रो गरेको छ ,कसलाई बिझाएको छ , नेतृत्व वर्गको अदुरदर्शीको कारण  र सत्ता लुछाचुडिको कारण  बद्नाम भएको हो l संस्थामा धब्बा लाग्दछ l


अधिकांश संस्थामा विवाद र मत भिन्नता हुन्छ यो प्रजतान्त्रिक  अभ्यास  हो  l गत साल गैर आवाशीय संघ (एन आर एन ) को चुनाबमा नेतृत्व वर्गको हिलो छ्यापा छ्यापमा प्रतक्ष्य प्रसारण गरि रहको र अन्य संचार माध्यमले तुरुन्तै कार्यक्रम स्थगित गर्नु पर्यो र सबैले बुझे सत्ताको खेल l हाम्रो मुलुकका ६०१ सभासदले ९ अरब आर्थिक क्षति बनाए तर नतिजा शुन्य हात लाग्यो l उनीहरु जनताको नजरमा गिरे तर नेपाल आमाको यसमा के दोस ? न्यु योर्क टाईम्सले नेपाल अब ध्वस्त भनेर लेख्यो हाम्रो मन कुडियो वास्तबमा नेपाल आमाले कसरि आफुले आफुलाई सखाब पार्दछिन केवल नेतृत्व वर्गको कारण यो कहाली लाग्दो अवस्थाको श्रीजना भएको भन्नु पर्दा अतिशयोक्ति नहोला l ए एन ए वा गैर आवाशीय संघ (एन आर एन ) खराब र नराम्रो संस्था कदापी हुदैनन् केवल नेतृत्व वर्गको कुर्सिको मोह र झैँ-झगडाबाट सबैले भन्ने मौका पाए र यो भन्ने अवसर दिए l  पछिल्लो उदाहरण लिबिया र ईजिप्त राष्ट्रलाई हुस्नी मुबारक तथा गद्दाफिले मुलुकलाई कित्ता सम्झे र भोगचलन गर्ने प्रयास गरे अन्त्यमा कहिले नउठ्ने गरि थला परे र देह त्यागे l  संस्था र राष्ट्र खराब हुदैनन ,सिरिया रास्ट्र के खराब हो त ?  हजारौ  हजार आफ्ना जनतालाई गोला बारुद द्वारा मारेर आफु सत्ता टिकाउने र सोच राख्ने पात्र र व्यक्ति खराब हुन् l


ए एन ए उत्तर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीमूलका नेपाली तथा नेपालका मित्रहरुको साझा संगठन र छाता संगठन हो l संस्था आफैमा कहिले दुस्ट र खराब हुदैन केवल यो त संस्था प्रति लगाईने मिथ्या आरोप र दोष मात्र हो l संस्थालाई हाक्नेहरुको अकर्मण्यता र अयोग्यताको नतिजा हो l नेतृत्व वर्गको नियति ,सोच र चिन्तनमा कुनै पनि संथाको भविष्य अडेको हुन्छ l भनिन्छ रक्षक नै भक्षक भए संस्था कहिले उभो लाग्दैन र यहि नै यथार्तता हो l ए एन ए पनि बिगतमा यसको शिकार बन्यो l कुनै पनि संस्थालाई सदैब एकै नजरमा मुल्यांकन र दृष्टि राख्नु हुदैन भन्ने मेरो मान्यता हो l आनी छोइंग डोल्माको गीत  फूलको आँखामा फुलै संसार ,काडाको आँखामा काडा नै संसार …..गीत !बुद्दिजीवी वर्गले यो कुरालाई सहर्ष स्वीकार गर्दछन l


अन्त्यमा यो सबै कुराको सार यसै लघु कथाले केहि सन्देस दिनेछ भन्ने भन्दै पाठक वर्गसंग  बिदा  !



‘ एक नदीको किनारमा दुई जोगी नदि तर्ने समयमा एउटा युवतीले खोला पारी तारी दिनु आग्रह गरे पछि ,एक जोगीले युवतीलाई काधमा बोकेर पारी छोडी दिए l छुटिएर आ-आफ्नो बाटो लागेछन् ,कोसौ टाडा पछि एक जोगीले अर्को जोगीलाई सोधे छन् ,किन न बोलेको ?जवाफमा जोगी भएर युवतीलाई छुन पनि नहुने तैले काधमा बोकेर नदि पारी सम्म बोकिस ,तेरो धर्म नस्ट भयो भन्दा युवतीलाई बोक्ने जोगीले सरल उत्तरमा भने जुन कुरा मैले कोशौ टाडा छोडेर आई सके र यत्रो टाढा सम्म तैले अझ मन भित्र गुम्साएर राखिस र बोकेर हिडिस l जुन कुरा सकिन्छ त्यहिबाट चटक्क छोड्न सक्नु पर्छ र अतीतलाई  मनमा संचित गरि राख्नु हुदैन  नभए पुरानो कुराले मस्तिष्क कहिले नछोड्ने हुन्छ र नया कुराले कहिले स्थान पाउदैन l जति सुकै गति अघि बढे पनि पुरानै सोचले खाई दिन्छ र पुरानै कुरा मात्र सहि हो भन्ने लाग्दछ  नया सबै कुरा मिथ्या लाग्दछ l



अस्तु !