सर्बहारा नेताको कसम

– डि.आर.जी-सुमन
मैदान ५ अर्घाखाँची

 
उध्रिएको कोट अव, किन पो लाइन्छ
करोडौ छ  बैंकमा आज नयाँ कोट चाहिन्छ
देश अनी बिकास भन्दा, जात नै चाहिन्छ
सप्रेको यस्तो चाला, अन्त कहाँ पाईन्छ
जोड्न लाई होइन है, तोड्न लाई पाईन्छ
जातिय नाम दिएर, फोड्न त जत्ती नि पाईन्छ
देश नरहे के नै हुन्छ , बिदेश मा गोइन्छ
बास नरहे के नै हुन्छ , बासुरी बजाइन्छ

झरेको झरै गर्छ, मुख छोप्ने कपडा
बोली फेर्न मन थियो, हुन्छ कि लफडा
जुलुस ले पुग्दैन है, बन्द नै चाहिन्छ
जनताको नाम लिएर, जनतालाई नै लडाईंन्छ


यस्तो काइदाको बुद्दी, अन्त कहाँ पाइन्छ
अरु सब भ्रम मात्र, कुर्सी नै चाहिन्छ
उध्रिएको कोट अव, किन पो लाइन्छ
करोडौ छ बैंकमा आज नयाँ कोट चाहिन्छ