विश्वमा मानिसहरु विस्थापित हुनेक्रम बडदो

संयुक्त राष्ट्र संघले विश्वमा मानिसहरु विस्थापित हुनेक्रम वढेको जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार सन् २०११ मा अहिलेसम्मकै सबैभन्दा वढी मानिस विस्थापित भएका छन् । गत वर्ष चार करोड २५ लाख व्यक्तिलाई जवरजस्ती आफ्नो थातथलो छाड्न बाध्य बनाइएको उच्चआयुक्तको कार्यालयले जनाएको छ ।

 

सबैभन्दा बढी शरणार्थी बन्न बाध्य बनाइएकामा अफगानिस्तान, इराक, सोमालिया र सूडानका नागरिक छन् ।

 

यस्तै उच्चआयुक्तको कार्यालयले ठूलो संख्यामा विस्थापितहरु रोजगारीबाट विमुख रहेको पनि जनाएको छ ।