चीनले दुईदिन अघि प्रक्षेपण गरेको अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनमा सफलतापूर्वक प्रवेश गरेको छ ।
जुन महिनाको अन्तिम साता पृथ्वीमा फर्कने लक्ष्य लिएको यो यानले अन्तरिक्ष स्टेशनमा रही नयाँ नयाँ प्रयोगहरु गर्नेछ । चीनले गोवी मरुभुमिको जीक्वान अन्तरिक्ष केन्द्रबाट सेन्जाओ ९ नामक रकेट प्रक्षेपण गरेको हो ।
रकेटमा प्रथम महिला अन्तरीक्षयात्री ल्यु याङसहितका तीन जना सवार छन् ।
उनीहरुले तियानगोङ अन्तरीक्ष प्रयोगशालामा एक सातासम्म रहेर विभिन्न खाले परीक्षण गर्ने छन् ।