मोहन वैद्यको नेतृत्वमा गठन भएको नयाँ नेकपा, माओवादी संसदवादतिर नजाने

Photo8

काठमाडौं  – मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा, माओवादीको सोमबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा वैद्य तथा महासचिवमा रामबहादुर थापा र सचिवमा सीपी गजुरेललाई जिम्मेवारी सुम्पेको छ। नयाँ महाधिवेशनका लागि नेतृत्व चयन गरिएको हो।

 

मंगलबार दिउसो १ बजे प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टीका भावी योजनाबारे जानकारी दिइने छ। ‘हामीले राष्ट्रिय भेला सकेर विधान पारित गर्‍यौ।

 

नयाँ पार्टी गठन गर्‍यौं,’ बैठकपछि नेतृ पम्फा भुषालले भनिन्, ‘महाधिवेशन का लागि कार्य समिति गठन भएको छ। जनविद्रोहको लाइनबारे के हुन्छ भोलि बताउँला। तर यो चाही पक्का हो कि हामी संसदवादतिर जान्नौं। अग्रगमनतिर जान्छौं।’ – Agencies