भट्टराई सरकारद्धारा डिजेल र मटितेलमा मुल्यबृद्धि

काठमाडौं, ५ असार  नेपाल आयल निगमले आजबाट लागु हुने गरि डिजेल र मटितेलमा मुल्यबृद्धि गरेको छ ।



 

इन्डियन आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मटिटतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ ।  

 

बढेको मूल्य अनुसार डिजेल र मटिटतेल प्रतिलिटर उपभोक्ता मूल्य ९३ रुपैयाँ पुगेको छ ।

 

यसअघि मटिटतेल र डिजेल प्रतिलिटर ८९ रुपैयाँ थियो । – RSS