काठमाडौं, ५ असार एकीकृत नेकपा माओवादीबाट विभाजन भएको मोहन वैद्य पक्षधरले मंगलवार पत्रकार सम्मेलन मार्फत नयाँ पार्टी र भावी कार्यदिशाबारे जानकारी गराउने भएको छ ।
दिउँसो एक बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गरेर छुटटै पार्टी गठनको औचित्य, आगामी रणनीति र भेलाका थप निर्णयबारे जानकारी गराउने बैद्य पक्षधर नेताहरुले बताएका छन् ।
काठमाडौमा भएको वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले सोमबार नयाँ पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी, माओवादी घोषणा गरिसकेको छ । नयाँ पार्टीको अध्यक्षमा बैद्य, महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सिपी गजुरेल तथा स्थायी समितिमा देव गुरुङ र नेत्रबिक्रम चन्द रहेका छन् । वैद्य पक्षले प्रचण्डको नेतृत्व जन विरोधी, दक्षिणपन्थी भएको ठहर गर्दै नयाँ पार्टी गठन गरेको हो ।