अर्घाखाँची डट्कमको च्याटिङ रुमले गरिदियो विहे

– उमाकान्त पाण्डे गाउले

बुटवल ५ असार – सुन्दा अचम्म लाग्न सक्छ एउटा वेब साइटको च्याटिङरुम मार्फत दुई जनाको विवाह भयो भनेर भन्दा । तर भयो त्यही । अर्घाखाँची डट्कम् ले डट्कम् का अवलोकन कर्ताहरुलाई एकै ठाउँमा जुटाउने उद्देश्यले वेबसाइटमा च्याटिङ रुमलाई सन्चालनमा ल्याइए पछी अहिले कसैकसैको बैबाहिक सम्बन्धसम्म को नाता गासिएको थाहा हुन आएको छ । अर्घाखाँची ढाड मैदान स्थाई घर भएकी रेखा घिमिरे अहिले बुटवल स्थाई घर भएका गोबिन्द खनाल सग बैबाहिक सम्बन्धमा बाधिएका छन ।

दुई बर्ष अघी च्याटिङ रुम मार्फत एक आपसमा कुरा साटासाट गरेका उनिहरुले सुरुमा आफुहरुले च्याटिङ गरेको स्थान भने गलत बताए । रेखाले आफु पोखरा बाट च्याटिङ गरेको बताउने गर्थिन । तर उनी बुटवलमा बस्दथिन । उन्ले केही दिन सम्म गोबिन्द लाई ढाटेरै च्याटिङ गरिन । अन्तत उन्ले आफ्नो झुट्ट लाई लुकाउन सकिनन । अब दुई तीन दीन पछी म बुटवल आउँदै छु भनेर आफ्नो गल्ती लुकाउन खोज्दै गोबिन्द लाई सत्यता बताइन ।

उता गोबिन्दले भने बुटवलको मिलनचोक बाट बोलेको बताउने गर्दथे । च्याटिङ बाट हाइ हेलो सुरु गरेका उनीहरु समय बित्द्दै जादा दाम्पत्य जीवन बिताउने सम्मको निर्णय गर्ने आट गरे ।

हामी च्याटिङ गर्दागर्दै धेरै भावनात्मक नाता गहिरो भएछ , पछी प्रगाढ सम्बन्ध बन्यो अन्तत विवाह समेत भयो रेखाले भनीन । उनका अनुसार सामान्यतया रहर र जिज्ञासाले गर्दा अर्घाखाँची डट्कम् नियामित पढ्ने गरेको र त्यसमा बहेको च्याटिङ रुममा अरु हरुले गरेको कुराकानी देखेर बोल्न मन लाग्यो , बोल्दा बोल्दै  हामी बैबाहिक सम्बन्ध सम्म पुग्यौ ।

हामीले च्याटिङ मार्फत सम्बन्ध गास्यौ त्यो कुरा हामीले घर परिवार लाई नढाटी भन्यौ र सबै बताए पछी दुबै जनाको घर परिवार मन्जुर हुनु भयो । अन्तत हामी बैबाहिक सम्बन्धमा नाता परिवर्तन गर्यौ । दुई बर्ष अघी बैबाहिक सम्बन्धमा गासिएका उनीहरुको कोख बाट छोरी समेत जन्मिएको छ । हाल उनी दुबै जना भारतको आछाममा ब्यवसाय गर्दै छन ।



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु