काठमाडौ, ५ असार । सरकारले नेपाल प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृतहरूको सरुवा गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले विभिन्न प्रहरी अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो ।
नेकपा एमालेका सचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन आचार संहिता विपरीत स्वेच्छचारी ढङ्गबाट गरिएको सरुवाको विरोध गर्दै यस निर्णयलाई अविलम्ब रद्द गर्न माग गरिएको छ ।