माओवादी विभाजनको अर्घाखाँचीमा खासै प्रभाव पर्न सकेन

अर्घाखाँची ब्युरो

 

अर्घाखाँची – माओवादी विभाजनको अर्घाखाँचीमा खासै प्रभाव पर्न सकेको छैन । नव गठित माओवादीमा जिल्लाका प्रभावशाली नेताहरु केही गएनन् ।

 

वैद्य तिर मगरात राज्य समितिका सचिवालय सदस्य बाबुराम घिमिरेले जिल्लाको नेतृत्व गर्ने स्रोतले जनायो । उनीसँगै जिल्ला सदस्य गोविन्द क्षेत्री पिताम्बर पोखरेल र दुर्गा अधिकारी मात्रै खुलेर देखिएका छन भने दुई जना कि्रयाशिल पत्रकार मध्ये शोभाखर पंथी वैद्य खेमा तिर खुलेरै लागेका छन । उनी पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हुन । वैद्यतिर नेता कम देखिएपछि गाउँमा कार्यकर्तामा पनि खासै प्रभाव तत्काल देखिएको छैन ।


स्थापनाकालदेखी बाबुराम भटराईको पकेट क्षेत्र मानिदै आएकाले मोहन वैद्यतिर समर्थन गर्ने केही नदेखिएको माओवादी संस्थापनका नेताहरुको दावी छ । बाबुराम निकटका नेता टोपबहादुर रायमाझी भएकाले यहाँ बाबुराम खेमा तिर जिल्लाका नेता तथा कार्यकर्ता ८० प्रतिशत रहेको दावी छ । पछिल्लो पटक रायमाझी जिल्लामा विकासवादी नेताको रुपमा चिनिदै आएकाले उनको जिल्लामा राम्रो प्रभाव छ । उनी हाल तेस्रो पटक शान्ति मन्त्री छन ।

 
 जिल्लामा रायमाझी र पम्फा भुसाल केन्द्रिय स्तरका नेता भएपनि शान्ति स्थापना पछि भुसालको जिल्लामा खासै प्रभाव छैन । पाटी विभाजनले जिल्लामा खासै प्रभाव नपर्ने संस्थापन पक्षका सेक्रेटरी ठाकुर कुमार विकले दावी गरे ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।