इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारक मृत्युको अत्यन्तै नजकि

केही महिनादेखि अस्वस्थ रहेका इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई सैन्य अस्पताल पु-याईएको छ ।

 

कारागारकै अस्पतालमा उपचारार्थ मुबारकलाई हृदयघात भएपछि स्वास्थ्य अवस्था गम्भिर बनेको बताईएको छ ।

 

केही अन्तराष्ट्रिय संचार माध्यमहरुले मुबारक मृत्युको अत्यन्तै नजकि पुगेको बताएका छन् । ईजीप्टको नाईल टेलीभिजनले भने मुबारकलाई फेरी होशमा ल्याउन चिकित्सकहरुले प्रयास गरीरहेको बताएको छ । गत दुई साताअघि उनलाई जन्मकैदको फैसला सुनाइएको थियो ।

 

इजिप्टको एक अदालतले जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै पूर्व राष्ट्रपति मुबारकलाई जन्मकैदको फैसला सुनाएको थियो । इजिप्टमा गत वर्ष भएको आन्दोलन दबाउन सर्वसाधारणको हत्या गरेको आरोपमा मुवारकविरुद्ध मुद्दा चलाइएको थियो ।

 

अदालतले नौ सय सर्वसाधारणको हत्यामा मुबारकलाई दोषी ठहर गरेको थियो । यसैवीच, ईजिप्टको सत्ताधारी सैन्य परिषदको बिरुद्ध इजिप्टको राजधानी कायरो लगाएत तहरीर स्वाक्यरमा हजारौं प्रदर्शनकारी भेला भएका छन् । होस्नी मुबारकलाई सत्ताच्युत गरेपछी त्यहाँको सैन्य परिषदले मुसलिम ब्रदरहुडले आफनो हातमा सम्पूर्ण अधिकार लिएको भन्दै हजारौं प्रदर्शनकारी प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

केही साताअघिदेखी होस्नी मुबारकलाई जम्नकैद नभई फाँसी दिनुपर्ने मागसहित प्रदर्शन गरीरहेका इजिप्टका जनता अव सैन्य परिषदको बिरुद्ध प्रदर्शनमा उत्रेका हन् ।

 

Source: The Times Of Earth and Agencies