संविधानसभा विघटन भएपछि पहिलोपटक मुख्य दलहरु छलफलमा जुटेका छन् । दुई खेमामा बाँडिएका एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा हुने बैठकमा राजनीतिक निकास र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल हुने वताइएको छ जुटेका छन् । दुई खेमामा बाँडिएका एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएका बैठकमा राजनीतिक निकास र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भइरहेको छ । संविधान बन्न नसक्नुको दोष एकअर्कामा लगाउँदै आएका दलहरुबीच आज सहमतिको लागि संयुक्त वैठक वसेको हो । कांग्रेस एमालेले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर सहमतिको बाटो खोल्नु पर्ने बताउँदै आएका छन ।
दुबै दलले सरकारले घोषणा गरेको निर्वाचन असंवैधानिक भएको भन्दै नमान्ने बताएका छन् । निर्वाचनको पक्षमा रहेको माओवादी र मधेसी मोर्चाले सहमति पछि मात्र राजीनामा आउने बताईरहँदा दलहरुबीचको दूरी बढीरहेको छ । RSS