उनीहरुले लगाउँदै आएका आरोपबाट उनीहरुलाई ग्रस्त भएको किरण समूहको फुटको घोषणाले पुष्टि भएको पनि उनले बताएका छन्। वैद्यको फुट घोषणाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई निषेध गर्न खोजेको छ भन्दै दाहालले केन्द्रीय एकता अधिवेशनद्वारा पारित माओवादी विचारलगायतको आधारभूत नीति र एकीकृत नाम बदल्ने काम महाधिवेशनबाहेक अरुले गर्न खोज्नु मार्क्सवादी मान्यताको खिल्ली उडाउनुमात्रै भएको पनि बताएका छन्। उनले विज्ञप्तिमा यस्तो जनाएका हुन।
यसैबीच स्थायी कमिटी बैठकले २५, २६ र २७ गते पोलिट्ब्युरो बैठक तथा २८, २९ र ३० मा केन्द्रीय समिति बैठक गर्ने र १ देखि ५ गतेसम्म स्थायी समिति बैठक गर्ने निर्णय पनि गरेको छ।