वर्ष विश्वभर ४२ हजार व्यक्तिलाई निकृष्ट प्रकारको श्रममा लगाईएको तथ्य सार्वजनिक

एक अध्ययन प्रतिवेदनले गत वर्ष विश्वभर ४२ हजार व्यक्तिलाई निकृष्ट प्रकारको श्रममा लगाईएको तथ्य सार्वजनिक गरेको छ । अमेरीकी विदेश मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनका अनुसार सन २०११ मा विश्वभर ४२ हजार वयस्क तथा बालबालिकालाई वेश्यावृति, घरेलु श्रम, दास वा सशस्त्र द्धन्दमा लाग्न बाध्य पारिएको छ ।

 

यो संख्या अघिल्लो वर्षको तुलनामा नौ हजारले बढि हो । यद्यपी प्रतिवेदनले यो संख्या विश्वमा हरेक वर्ष हुँदै आएको झण्डै ८ लाख मानव तस्करी र वेचविखन संख्याको एउटा न्युन हिस्सा भएको पनि औल्याएको छ ।


विश्वमा मानव अधिकार र लोकतन्त्रको वहस चर्किएको बेला भईरहेको बेला बढ्दो श्रम यातनालाई प्रतिवेदनले आधुनिक दास प्रथा भनेको छ ।

 

हिंसाग्रस्त मुलुक सिरीयामा यस्ता खाले मानव यातनाको अवस्था निकै नाजुक रहेको पनि प्रतिवेदनले जनाएको छ । सिरीयामा वर्षेनी लाखौं ईराकीहरु वेचिने गरेको र उनीहरुलाई निकृष्ट प्रकारको श्रममा लाग्न बाध्य पारिएको प्रतिवेदनमा उल्लेख छ ।