फ्रान्सको टोलो शहरमा अज्ञात बन्द्कधारीले एउटा बैंकमा कार्यरत ४ कर्मचारीलाई बन्धक बनाएका छन् । टोलो शहरमा रहेको सिआईसी बैंकको शाखामा प्रवेश गरी ती बन्दु्कधारीले बैंकका व्यवस्थापक सहित अन्य ३ जनालाई बन्धक बनाएका हुन् ।
आफुलाई अल कायदाको लडाकु बताउने ती आतंकवादीले बैंक भित्र प्रवेश गर्ने वित्तिकै हवाई फायर गरेका थिए । बन्दुकधारीले गत मार्चमा अल कायदासँग आवद्ध भएको आरोपमा प्रहरी कारवाहीमा मारीएका मोहोमद मिराहको हत्या गर्ने प्रहरी युनीटका वरीष्ठ अधिकृतहरुसँग वार्ता गर्ने माग गरेका छन् ।
टोलो शहरमै गत मार्चमा एउटा यहुदी विद्यालयमा प्रवेश गरी ७ जनाको हत्या गरेका आतंकवादी मिराह त्यसको केही दिनपछि आफ्नै अपार्टमेन्टमा प्रहरी कारवाहीमा मारिएका थिए ।