संविधानसभा विघटन पछि चारतिर मुख फर्काउँदै हिंडेका प्रमुख चार राजनीतिक शक्तिहरुबीच पहिलो पटक भेटवार्ता ( दाहालले भने: सहमति भए राजीनामा गराइदिन्छु)

संविधानसभा विघटन पछि चारतिर मुख फर्काउँदै हिंडेका प्रमुख चार राजनीतिक शक्तिहरुबीच पहिलो पटक भेटवार्ता भएको छ।


उक्त भेटवार्तामा नेपाली काँग्रेस र नेकपा एमालेले प्रमुख दलका शीर्ष नेताहरुबीच गत वैशाख २१ गते भएको पाँच बुँदे सहमतिबाटै अघि बढ्नु पर्ने प्रस्ताव राखेका थिए।


उक्त प्रस्तावमा एकीकृत माओवादी सकरात्मक देखिएको बैठकका सहभागीहरुले बताएका छन्।

 

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच बढेको अविश्वास हटाउन प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा गराउन आफू तयार रहेको प्रतिबद्धता दोहोर्‍याएका छन्। ‘माओवादीले सरकारमा टासिरहने उदेश्य राखेको छ भन्ने नपरोस् सहमतिको लागि हामी सरकार छोडन तयारै छौ’ दाहालको भनाई उदृत गर्दै बैठकमा सहभागि एमाले नेता भिमरावलले नागरिकसँग भने, ‘सहमति अनुसार जान हामी जस्तो सुकै पनि निर्णय गर्न तयार छौ।’

 

संविधानसभा विघटनपछि पहिलो पटक बुधबार कांग्रेस मुख्यालय सानेपामा बसेको माओवादी, कांग्रेस, एमाले र सयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठकमा दाहालले सहमतिका लागि प्रधानमन्त्रीको राजिनामा गराउने प्रतिवद्धता जनाएका हुन्।


बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्रीको राजिनामा नआएसम्म माओवादीप्रति विश्वास गर्न नसकिने धारणा राखेपछि दाहालले सहमति हुने भए प्रधानमन्त्रीको राजिनामा गराउने जनाएका हुन्। ‘अहिलेको राजनीतिक र कानुनी संकटको एउटा मात्रै समाधान दलहरुबीचको सहमतिनै हो’ बैठकपछि दाहालले संवाददाताहरुसँग भने, ‘त्यसको लागि प्रयाश सुरु भएको छ हामी जुन सुकै त्याग गरेर पनि सहमतिको लागि लचक छौ।’


बैठकमा सहभागि कांग्रेसका एक नेताका अनुसार दाहालले चार पक्षबीच सहमति हुने भए प्रधानमन्त्रीको राजिनामा तत्कालै गराउन आफु तयार रहेको धारणा राखेका थिए। ‘अहिले हाम्रो दायित्व राष्ट्रिय सहमति कायम गरेर मुलुकलाई अघि बढाउनु हो’ दाहालको भनाई उदृत गर्दै ति नेताले भने, ‘प्रधानमन्त्रीको राजिनामामै सबै कुरा अड्कने हो भने म राजिनामा गराउन तयार छु छलफललाई नयाँ ढंगबाट सुरु गरौ।’


दाहालले कांग्रेसको पहलमा भएको चार पक्षिय बैठक सकरात्मक भएको बताउदै सहमतिबाटै मुलुकले निकास पाउने बताए। ‘कांग्रेसले सहमतिको विकल्प छैन भनेर चारै पक्षलाई बोलाएर छलफलको सुरुवात गरेको छ, यो स्वागत योग्य छ’ दाहालले कांग्रेस कार्यलयमा भने, ‘अव दलहरुबीचको सहमतिकै आधारमा मुलुकलाई अहिलेको जटिलताबाट अघि बढाउने प्रयाश सुरु भएको छ।’

 

नेपाली काँग्रेसको पहलमा उसकै कार्यालय सानेपामा भएको बैठकमा संविधानसभा विघटन पछि पहिलोपल्ट एक ठाउँमा उभिएका प्रमुख दलका शीर्ष नेताहरुले विगतमा जे जस्ता गल्ती भएपनि फेरि अर्को सहमतिको विकल्प नभएको जनाएका थिए।

बैठकमा संविधानसभा विघटन हुनुको कारण र अरु दलहरुसँग सहमति नै नगरी घोषणा गरिएको अर्को संविधानसभाको चुनाव लगायत विषयमा प्रारम्भिक समीक्षा भएको सहभागी नेताहरुले बताए।


नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने जस्ता विषय समेटेर भएको पाँच बुंदे सहमतिमै टेकेर अघि बढ्न राखिएको प्रस्तावमा माओवादी नकारात्मक नदेखिएको बैठकका एकजना सहभागी तथा एमाले नेता भीम रावलले बताए।


रावलले भने,