काठमाडौ, ७ असार नेपाल विद्युत प्राधिकरणले बिहीबार देखि लागू हुने गरी लोड सेडिङ्गको समय दैनिक एकघण्टा घटाउने भएको छ । प्राधिकरणले दिएको जानाकारी अनुसार अब हप्तामा ४२ घण्टा लोडसेडिङ्ग हुने छ। यसअघि हप्तामा ४९ घण्टा लोड सेडिङ्ग हुँदै आएको थियो ।नयाँ तालिका अनुसार अब हप्तामा १ दिन ७ घण्टा, १ दिन ५ घण्टा र ५ दिन ६ घण्टाका दरले लोसेडिङ्ग हुने छ ।
५ घण्टा हुने दिन दिउँसो एक पटक वत्ति जाने छ भने अन्य दिनमा विहान र बेलुकी गरी २ पटक वत्ति जाने छ । नदीमा पानीको वहाव बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।