– चीन स्थित क्वीनघाई प्रान्तमा बुधबार दुई तिब्बती प्रदर्शनकारीले आत्मदाह गरेका छन् । जसमा एकको ज्यान गएको छ भने अर्को प्रदर्शनकारी घाइते भएका छन् ।
गतवर्ष ३५ जना तिब्बती प्रदर्शनकारी चीनको कानुन उल्लघन गर्दै आत्मदाह गरेका थिए । जसमा अधिकाशको ज्यान गुमाएको खबरहरु आएको थियो ।
क्वीनघाई प्रान्तमा विदेशी सञ्चारमाध्यमलाई निषेध समेत गरिएको बीबीसीले जनाएको छ । दुवै युवाहरु २० वर्षमा टेकेका थिए । आत्मदाह गर्नुभन्दा अगाडि उनीहरुले तिब्बती स्वतन्त्र झण्डा बोकेका थिए ।
चाइना समाचार एजेन्सी सिन्हवाले जनाए अनुसार एक स्थानीय कार्यकर्ता तथा अर्को सिकर्मीको काम गर्ने युवा रहेका थिए । केही समय अगाडि देखि तिब्बतलाई चीनबाट स्वतन्त्र दिलाइयोस भनेर चीनमै आत्मदाह गरिरहेको खबरहरु पनि आइरहेको छ ।