४ किलोमिटर सड्क निर्माण गर्न १४ वर्ष, खन मखातका गाउँले निकै खुसी


[अर्घाखाँची खन गाविसको मखातमा बस आएको खुसीयालीमा बाजा बजाएर बाच्दै गाउँले । रामपथ-मखात-खनको करिब ४ किलोमिटर कच्ची सडक निर्माण गर्न १४ वर्ष लागेको थियो]

 

– वीरेन्द्र केसी

 

अर्घाखाँची – करिब ४ किलोमिटर सड्क १४ वर्षमा छेडिएर बस छिरेपछि खन मखातका गाउँले निकै खुसी भएका छन । दुई, तीन घण्टाको पैदल यात्राको सट्टा अब बस चढेर करिब ४० मिनेटमै सदरमुकाम आवत जावत गर्न सक्ने भएपछि गाउँले हर्षित छन । छाँगो सहितको डरलाग्दो भीरको बीचबाट पत्थर सहितको पहाड फुटालेर बस छिर्ने बनाउन १४ वर्ष लाग्यो ।

 



२०५५ सालदेखि गाउँलेले गैती गल घन छिर्नी लगायतका घरेलु सामाग्रीले पत्थर सहितको ढुंगा फुटाल्न कठोर श्रम गरेका थिए । त्यसपछि चार वर्षसम्म स्काभेटर र भ्याकुले ढुंगा फुटालेको थियो ।  १४ वर्षको अवधिमा पत्थर फुटालेर बस छिरेको हर्षमा गाउँलेले भोजभतेर गरेर खुसीयाली साटासाट गरे । यस्तो पहाड छेडिएला र बस छिर्ला भन्ने कल्पना पनि थिएनु मखात गाउँमा घर भएका अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले उदघाट्नमा भने सपना जस्तै भएपनि गाउँमा बस आयो यसैमा गर्व गर्रौ । गाउँबाट सदरमुकामको पुरै बजार देखिएपनि भौगोलिक वनावटले बत्ती मुनिको अध्यारो जस्तै थियो । ढुगैढुंगा सहितको पहाडको बीचमा रहेको मखात गाउँमा करिब ५० घर वस्ती छ ।

 



वर्षौसम्म गाउँलेले हातमा फोरा पार्दै कठोर श्रम गरेका थिए । बजारमा गाडीमा जाने देखी  खेतबारीमा घाँस काटने र खेती गर्न हिडन सजिलो भएको छ । अरु बाटो नहुँदा डरलाग्दो भीर सहितको छाँगो भएकाले हिडडुल गर्दा भीरबाट लडेर मरिने चिन्ता अब हटेकोमा गाउँले खुसी छन । यहाँ बाटोको समस्याले बत्ती मुनिको जस्तै अध्यारो थियो स्थानीय युवा खिमानन्द खनालले भने यत्रो डरलाग्दो पत्थर सहितको उकालो पहाड छेडेन शुरु गर्दा बस आउला भन्ने कल्पना पनि थिएन तर कठोर श्रमबाट बस छिरेपछि गाउँ अहिले स्वर्ग जस्तै महसुस भयो । सडक निर्माणका लागि जिविस र अन्य सरकारी निकायबाट बजेट माग्दा नदिने जस्ता समस्याले गर्दा सडक पुरा गर्न ठुलै दुःख गर्नुपरेको उनले बताए ।


बस छिरेपनि ३ वटा घुम्टीहरुमा गाडी ब्याग गरेर पार गर्नुपर्छ । अझै बाटो पुर्ण रुपमा ग्रेट मिलेको छैन ।  यो मोटरबाटो निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कानु ले भने ५२ लाख रुपैयाँ ऋण अझै छ । स्काभेटर साचालकले ऋणमा नचलाईदिएको भए बाटो सम्पन्न गर्न अझै वर्षौ लाग्ने उनले बताए । ५२ लाख ऋण कसरी कहाँबाट ल्याएर तिर्नेमा अन्योल छ उनले भने गत वर्ष जिविसबाट पुर्वाग्रही रुपमा बजेट छुटाईएन् । सडक निर्माण कार्यको लागि मोटो रकम लाग्ने भएकाले उपभोक्ता समिति काग्रेसका नेता डा। रामशरण महत अर्थमन्त्री हुँदा बजेट माग गर्न पटक-पटक धाउनु परेको गुनासो गरे ।  पहाड कटिङ गर्दा उपभोक्ता समितिले ठुलै चुनौती सामना गर्नु परेको पदाधिकारीहरुले गुनासो गरेका छन । बाटो सम्पन्न गर्न राजनीतिक रंगले हेरिएकाले यत्रो वर्ष लागेको गाउँलेको भनाई छ । मुस्कान काग्रेस अर्घाखाँचीका प्रभावशाली नेता भएकाले १२ औ महाधिवेशनमा सभापति पदको उमेदवार हुँदा जिल्लाको बजेट भरी आफनो गाउँमा मात्रै लगेको आरोप लगाउँदै पार्टीकै प्रतिप्रर्धी र विपक्षी पार्टीहरुले विरोध गरेका थिए ।

 
 मोटरबाटोमा बस सन्चालनको उदघाटन शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले गरेपछि अर्को तरंग मच्चियो ।  काग्रेस एमाले राजमोका जिल्ला नेतृत्वले उदघाटनको बहिष्कार गरेको भन्दै पार्टी प्रमुखहरु नआएपछि उदघाटनमा खन खनदह डिभर्ना वाँगी गाविसबाट आएका गाउँका सबै पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व तहमा बसेका नेताहरु विकास विरोधी बनेको भन्दै आक्रोश पोख्दै दुःखी बने । जसले जे भनेपनि यस्तो असजिलो ठाउँमा सडक निमर्ँण गरी बस ल्याउन मुस्कानको ठुलो देन रहेको भन्दै एमाले जिल्ला सल्लाहकार तथा खन गाविसका पुर्व अध्यक्ष बालकृष्ण खनालले प्रशंसा गरे । मन्त्री रायमाझीले सडक बनाउँदा लागेको खर्च सरकारी निकायबाट तिरिदिने आश्वासन दिएका छन । दैनिक बस सेवा सन्चालन भएपछि गाउँलेले राहत पाएका छन ।

 

 


 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।