पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीका लागि शुक्रबार निर्वाचन गर्ने तय भएकोमा राष्ट्रपति आसिफ अली जर्दारीले टेक्सटाईल मन्त्री माखादुम शाहबुद्धिनलार्य प्रधानमन्त्रीको उम्मेदवार चयन गर्नुभएको छ ।
शाहबुद्धिनले बेनजिर भुट्टो र गिलानी दुबैको कार्यकालमा मन्त्री बन्नभएको थियो । राष्ट्रपतिले शुक्रवारको निर्वाचनमा शाहबुछिनलाई प्रधानमन्त्री निर्वाचित गर्न संसद समक्ष प्रस्ताव गर्नुहुने बताईएको छ ।
पाक सर्वोच्च अदालतले प्रधानमन्त्री पदका लागि युसुफ रजा गिलानीलाई अयोग्य घोषणा गरेपछि सिर्जना भएको अन्योलका वीच नयां प्रधानमन्त्रीको उममेदवारी तय गरिएको हो ।
तालिवानी विद्रोहीको सशस्त्र द्धन्द्ध तथा अतिवादी संगठन अलकायादा लडाकूलाई आश्रय दिएको आरोप खेपिरहेकै बेला आणविक राष्ट्र पाकिस्तान सर्वोच्च अदालतको मंगलबारको फैसलापछि थप अन्योलग्रस्त बनेको थियो ।