पूर्व युवराज्ञी हिमानी शाहले सिरहाको औरही गाविसका आगलागी पिडितलाई राहत वितरण गर्नुभएको छ ।
हिमानी ट्रष्टको अध्यक्ष समेत रहेकी शाहले आज घटनास्थलमै पुगेर पिडितहरुलाई घर निर्माणका लागि ६५ बण्डल जस्ता पाता, २ हजार ५ सय थान बाँस र १० कार्टुन विष्कुट प्रदान गर्नुभएको हो ।
जिल्ला देवी प्रकोप उद्धार समिति सिरहाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुब्रप्रसाद ढकालले हिमानी ट्रष्टलाई आगलागी पिडितका लागि अस्थायी घर निर्माणका सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।