मेरो स्वागत छ

– चीना थापा
रतनचुरा -७ नयाखार्क
सिन्धुली


धनीलाई हैन दुःख पाउनेलाई स्वागत छ
मेरो घरमा दुलहा बनी आउनेलाई स्वागत छ ।

राष्ट्रियता झल्काउने पहिचाहन बनाएर
ढाकाटोपी र दउरासुरुवाल लाउनेलाई स्वागत छ ।


आफ्नो देशलाई चिनाउने आफ्नै देशको भाषा बोली
राष्ट्रियगान आफ्नै देशको गाउनेलाई स्वागत छ ।


गरिव दुखी जनताको दुःखको दिन सम्झिएर
दुःख पर्दा बस्तीतिर धाउनेलाई स्वागत छ ।