नाईजेरीयाको ईस्लामिक अतिवादी समुह बोको हरामका तिन जना शिर्ष नेता अमेरीकाको आतंकवादी सुचीमा

नाईजेरीयाको ईस्लामिक अतिवादी समुह बोको हरामका तिन जना शिर्ष नेतालाई अमेरीकाले आतंकवादीको सुचीमा राखेको छ । अमेरीकी विदेश मन्त्रालयले बोको हरामका मुख्य नेता अबुबकार शेकाउ र नेताहरु अबुबकार अदम कम्बर र खालीद अल बर्नावीलाई आतंकवादी सुचीमा राखेको हो ।


 
यी तिन जनामध्ये कम्बर र बर्नावी अल कायदाको शाखासँग आवद्ध भएको समेत बताईएको छ । बोको हरामले सन् २००९ देखी नाईजेरीयाका विभिन्न चर्चहरुमा आक्रमण गदैृ आएको छ । यो संगठनले गरेका विभिन्न हमलामा परी हालसम्म ६ सय ५० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

 

मुस्लीम वाहुल्यता रहेको नाईजेरीयाको उत्तरी शहर दमातुरुलाई आधार क्षेत्र बनाएको बोको हरामले नाईजेरीयामा क्रिश्चीयन विरोधी गतिविधि गर्दै पश्चिमा शिक्षामाथि प्रतिवन्ध लगाउनुपर्ने माग गर्दै आएको छ । – Agencies