अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा होटलमा तालीवान विद्रोहीहरुद्धारा आक्रमण

अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा होटलमा तालीवान विद्रोहीहरुले आक्रमण गरेका छन् । होटलमा पार्टी चलीरहेको बेला तालीवानीहरुले आक्रमण गरेर केही पर्यटकलाई बन्धक बनाएका छन् ।


बन्धक बनाईएका पर्यटकहरु स्वदेशी वा विदेशी को हुन भन्नेबारे केही खुलाईएको छैन । राजधानी काबुल नजिकैको लेक कार्घा क्षेत्रको उक्त होटलमा आक्रमण सुरु भएपछि प्रहरीले जवाफी फायरीङ गरेको थियो । सो क्रममा दुई जनाको मृत्यु भएको बताईएको छ ।

 

होटल अहिलेपनि तालीवान विद्रोहीकै नियन्त्रणमा रहेको बताईएको छ ।प्रहरीले तालीवानी नियन्त्रणबाट होटल र बन्धक बनाईएका पर्यटकलाई मुक्त गराउने प्रयास जारी राखेको छ । प्रहरी कारवाहीलाई अमेरीकी नेतृत्वको गठबन्धन फौजले पनि सघाईरहेको छ । – www.timesofearth.com