मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य केवी भण्डारीसहित दुई दर्जन कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
पार्टीमा प्रबेश गर्नेहरुलाई कांग्रेस सभापति सुशील कोइरालाले पार्टी सदस्यता प्रदान गर्नुभयो । सभापति कोइरालाले प्रजातन्त्र र लोकन्त्रमा बिश्वास गर्ने शक्तिहरु एक ढिक्का भएर गाउँमा गएर कार्यकर्ताको मन जित्नुपर्ने बताउनुभयो ।
फोरम लोकतान्त्रिकमा विवाद बढेर बरिष्ठ नेता शरतसिंह भण्डारीले विद्रोह गरेपछि अरुले पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको साथ छाड्दै गएका छन् । केबी भण्डारी शरतसिंहका भाई हुनुहुन्छ । RSS