राजनीतिक र संवैधानिक संकटका माझ अध्यादेश मार्फत पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको प्रस्तावलाई विघटित संविधान सभाका ठुला विपक्षी दलहरुले अस्वीकार गरिदिएका छन्।
बजेटबारे राजनीतिक सहमति जुटाउन अर्थ मन्त्री बर्षमान पुनले शुक्रबार नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटे।
त्यसबारे उनले बिहिबार नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग परामर्श गरेका थिए।
बजेटबारे दलहरुबीच विवाद जारी रहेपनि अर्थ मन्त्रालय चाहीं पूर्ण आकारको बजेटको तयारीमा लागेको एक उच्चअधिकारीले बताए।
पुरानो आर्थिक वर्ष सकिनै लाग्दा नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउन कामचलाउ सरकारका अर्थमन्त्री वर्षमान पुनले राजनीतिक सहमतिको प्रयासलाई तिब्रता दिएका हुन्।
तर विपक्षी दलहरुबाट उनको प्रस्ताव अस्वीकृत हुने क्रम जारी देखिन्छ।
बिहिबार कांग्रेस सभापति सुशील कोइरालाले जस्तै शुक्रबार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति बिना अध्यादेश मार्फत बजेट ल्याउन नसकिने सुझाव अर्थमन्त्री पुनलाई दिएको बताइएको छ।
एमालेले बजेटको तयारीको विरोध किन गरेको?
त्यसबारे एमाले नेता एवं पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने,