दलितका सबालमा ब्यक्तिगत र राजनितिक स्वार्थबाट माथी उठ्नु पर्ने

– प्रेमनारायण आचार्य





अर्घाखाँची ९ असार । अर्घाखाँचीको सन्धिखर्कमा दलितका लागि सामाजिक समानता र न्याय सम्बन्धि दुई दिबसिय गोष्ठी आज देखि  सुरु भएको छ ।

 

    गोष्ठीको उद्घाटन समारोहमा मन्तब्य राख्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मानबहादुर विश्वकर्माले सहमति र सहकार्यबाट देसलाई निकास दिनुको बिकल्प नभएको बताउनु भयो । उहाले सहमतिको सर्बपक्षिय सरकार गठन गरेर देसलाई निकास दिन काग्रेस आन्दोलनमा उत्रिएको बताउदै बर्तामान सरकारलाई घुडा टेकेरै छाड्ने दाबी गर्नु भयो ।

 

    उहाले दलितलाई समान अबसर र उचित सम्मान प्रदान गदै शिक्षामा दलितको पहुच बृद्धि गर्नु पर्ने बताउदै दलितका सबालमा ब्यक्तिगत र राजनितिक स्वार्थबाट माथी उठेर काम गर्नु पर्ने बताउनु भयो ।

 

   नेपाल दलित उतथान संघ  अर्घाखाँचीको आयोजना र एफ.इ.एस नेपालको सानेपा ललितपुरको प्रायोजनमा गोष्ठी सुरु भएको हो । उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल, राजनिती शास्त्री लाल बाबु यादब, चन्द्रदेब भट्ट , नेबिसंघका केन्द्यि सदस्य लेखनाथ पोख्रेल, माओबादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक, काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, लगायतले मन्तब्य राखेका थिए ।

 

     कार्यक्रम दलित उत्थान संघका अध्यक्ष कमल किको अध्यक्षता , प्रितम दलितको संचालन र मणिराम परियारको स्वागत मन्तबयमा सम्पन्न भएको हो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।