पाकिस्तानमा सत्ताधारी पिपुल्स पार्टीका राजा परवेज आस्राफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
शुक्रवार पाकिस्तानी संसदमा भएको निर्वाचनमा उनले जीत हासिल गरेका हु्न । पाकिस्तानमा जननिर्वाचित सरकार, न्यायालय र शक्तिशाली सेनावीचको त्रिपक्षीय टकराव बढिरहेको बेला आस्राफले प्रधानमन्त्रीको चुनौतिपूर्ण पद सम्हालेका हुन् ।
युसुफ रजा गिलानीलाई प्रधानमन्त्रीको पदमा बसिरहन अयोग्य भनी पाकिस्तानी अदालतले ठहर गरेपछि नयां निर्वाचन भएको हो । राष्ट्रपति आसिफ अली जर्दारीले प्रधानमन्त्रीका लागि प्रस्तावित गरेका माखदुम शाहबुद्धिनलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि अन्तिम अबस्थामा आस्राफलाई उम्मेदवार बनाईएको थियो ।