सिरियालद्धारा आफ्नो जल क्षेत्र माथिको आकाशमा उठिरहेको टर्कीको लडाकु विमान समुन्द्रमा खसालेको पुष्टि

सिरियाले आफ्नो जल क्षेत्र माथिको आकाशमा उठिरहेको टर्कीको लडाकु विमान समुन्द्रमा खसालेको पुष्टि गरेको छ ।

 

सिरियाको सरकारी समाचार ऐजेन्सी सानाले आफ्नो देशको जल क्षेत्रमा विना अनुमति उडिरहेको विमान खसालिएको जनाएको छ ।

 

 यसअघि टर्कीले आफ्नो एफ फोर लडाकु विमान सिरियाले खसालेको आरोप लगाएको थियो । विमानमा रहेका दुईजना चालक दलका सदस्यको खोजी तीब्र पारिएको छ ।

 

टर्की र सिरियाका जल सेनाहरुले बेग्लाबेग्लै रुपमा खोजी कार्य गरिरहेका छन् । सिरियाली सेनाका प्रबक्ताले तीब्र गतिका साथ निकै तल उडिरहेको लडाकु विमान आफ्नो देशको सुरक्षा नीति अनुसार खसालिएको जनाएका छन् ।


टर्कीका अधिकारीहरुका अनुसार सिरियाको समुन्द्री तट नकिजैको टर्कीको हाताये प्रान्तको हवाई अड्डाबाट उडेको विमान केही मिनेटमै सम्पर्क विहिन भएको थियो । सिरियामा विद्रोहीहरुको गतिविधि बढाउन टर्कीको भुमिका रहेको आरोप सिरियाली सरकारले लगाउंदै आएको छ।  www.timesofearth.com