मधेशी फोरम लोकतान्त्रिकको भ्रातृ संगठन मधेशी मुस्लिमका सम्पूर्ण सदस्यद्धारा पार्टी परित्याग गरेको घोषणा

सर्लाही, ९ असार । मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको भ्रातृ संगठन मधेशी मुस्लिम फोरम लोकतान्त्रिक केन्द्रिय समितिका सम्पूर्ण सदस्यले आज सर्लाहीमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेको छन् ।

 

मुस्लिम फोरमका केन्द्रिय अध्यक्ष शेष अजिजले आज दिउँसो लालबन्दीमा पत्रकार सम्मेलन गर्दै आफ्नो समितिका सबै २५ जनाले मधेशी जन अधिकार फोरम लोकतान्त्रिक पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो ।

 

पार्टी परित्याग गर्नेमा महोत्तरीका पुर्व सभासद् कौशल कुमार यादव, फोरम लोकतान्त्रिकका सर्लाही जिल्ला अध्यक्ष गंगाधर राय, मुस्लिम फोरमका सर्लाही जिल्ला अध्यक्ष मिकाईल मियाँ लगायत छन् ।

 

केन्द्रिय समितिमा रहेका २५ जनाको नामावली सहित जारी गरिएको विज्ञप्तीमा पार्टी अध्यक्ष विजय कुमार गच्छदारले पार्टीलाई आफ्नै व्यक्तिगत स्वार्थमा प्रयोग गरेकाले पार्टी परित्याग गरिएको उल्लेख छ । RSS