काठमाडौं । एसएलसी परीक्षा अनुत्तीर्ण हुने विद्यार्थीले अब टी एसएलसी अर्थात् प्राविधिक एसएलसी दिएर उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले त्यस्ता विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गर्न ७५ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ ।
सिटिइभिटीले मुलुकभर प्राविधिक शिक्षाको विस्तार गर्न तथा एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरी यो वर्षदेखि ७५ वटै जिल्लामा एनेक्स कार्यक्रम सञ्चालनमा ल्याएको हो । सिटिइभिटीले गत वर्षसम्म ४४ जिल्लाका ४४ सामुदायिक र चार निजी गरी ४८ विद्यालयमा सञ्चालन गर्दै आएको एनेक्स कार्यक्रमलाई चालु आर्थिक वर्ष २०६८