काठमाडौ, १० असार कालो धनलाई सेतो बनाउनबाट रोक्न दुई कानुन अध्यादेशमार्फत जारी गरेपछि नेपाल कालोसूचिमा पर्नबाट जोगिएको छ । इटलीमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ० को बैठकले नेपालको अवस्थामा सुधार नभए पनि बिग्रिनहालेको ठहर गरेको छ । जस अनुसार नेपाल कालोसूचिमा भन्दा दुइ तह माथि पहिलेकै अवस्थामा यथावत रहेको छ । एफएटिएफको यो निर्णयपछि झण्डै १ बर्षका लागि नेपालको संकट टरेको छ ।
यसबीचमा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ मा संसोधन भने नेपालले गर्नपर्नेछ । कालो धनलाई सेतो बनाउन नदिन नेपालले जनाएको उक्त प्रतिवद्धता पुरा नभएको भए नेपाली बैंकहरुले अन्तराष्ट्रिय कारोबार गर्न नपाउनुका साथै वैदेशिक सहायता पनि रोकिने खतरा थियो वताए ।