दीपक दाहाल
काठमाडौँ – गंभीर विरामी नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अझै तीन दिन सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। घाँटीको समस्या देखिएपछि आज बिहान उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो।
पौडेलमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको देखिएको वरिष्ठ फिजिसियन डा. करवीरनाथ योगीले बताए। ‘थप तीन दिन आइसीयुमा राख्नुपर्ने देखिएको छ। त्यसपछि जनरल वार्डमा सारेर प्रगति हेरेपछि मात्रै डिस्चार्ज गर्न सकिनेछ’, उनले भने।