दक्षिण अमेरीकी मुलुक बोलिभियामा आन्दोलनमा उत्रेका प्रहरीहरु विरुद्ध सेना परिचालन

दक्षिण अमेरीकी मुलुक बोलिभियामा आन्दोलनमा उत्रेका प्रहरीहरु विरुद्ध सेना परिचालन गरिएको छ । राजधानी ला पाज लगायतका देशभरका मुख्य शहरहरुमा प्रहरीले हड्ताल जारी राखेपछि सेना तैनाथ गरिएको हो ।


 राजधानी ला पाजको सुरक्षा व्यवस्था पुर्णरुपले सेनाले जिम्मा लिएको छ भने अन्य शहरहरुमा पनि सेना तैनाथ गरिएको सरकारी संचार माध्यमले जनाएको छ ।

 

असन्तुष्ट प्रहरीहरुले आन्दोलनको क्रममा राजधानीकै प्रहरी ब्यारेक कब्जा गरेपछि सेना तैनाथ गरिएको हो । बोलीभियाका संचारमन्त्री अमण्डा डाभिलाका अनुसार प्रहरीले शाशन हातमा लिने प्रयास गरेपछि सेना तैनाथ गर्नुपरेको हो ।

 
तलव वृद्धीको माग गर्दै आन्दोलन सुरु गरेका वरिष्ठ प्रहरी अधिकारीहरुले भने आफ्ना  माग पुर्णरुपले व्यवसायीक भएको बताएका छन् । राष्ट्रपति ईभो मोरालेसको वामपन्थी सरकार पतन गराउने आफ्नो कुनै उद्देश्य नरहेको समेत प्रहरीले प्रष्ट पारेका छन् ।