अघाखाँचीमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधका घटनामा कमी

– गणेश खनाल


सन्धिखर्क, अर्घाखाँची । गत वर्षको तुलना अर्घाखाँचीमा यो वर्ष शान्ति सुरक्षाको अवस्था निकै सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष विभिन्न घटनामा निकै कमी आएपछि शान्ति सुरक्षामा सुधार आएको हो ।

 
गत वर्ष कर्तव्य ज्यानकरणी अपहरण ज्यान उद्योग चोरी डकैती लगायतका घटनामा अघिल्लो वर्षको तुलनामा यो वर्ष झन्डै आधाले कमी आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक अरुणा पौडेले आज पत्रकार सम्मेलन गरि जानाकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आज पत्रकार सम्मेलन गरि कानुनले खोजेका तर फरार रहेका २० जना अभियुक्तलाई प्रक्राउ गरि  कानुन अनुसार काबर्ही गरेको जनाएको छ । यस्तै १५ जना अभियुत्त फरार रहेको र अदालतद्धारा दोषी ठहराईएका १ सय जना अभियुक्त अझै पनि फरार रहेको सम्मेलनमा जानकारी गराईएको छ । 

 
यस्तै प्रहरीले गत वर्षको तुलना यस वर्ष झन्डै पाचौ गुनाले राजस्व रकम संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष २ लाख ५८ हजार ७ सय १० जम्मा गरेकोमा यो वर्ष ११ लाख ९ हजार ६ सय राज्जस्व जम्मा भएको जनाईएको हो । यस्तै सवारी दुर्घटनालाई जोगाउनका लागी विभिन्न विद्यालय सवारी साधनका चालक र सरोकारवालाई राखी सचेतना मुलक कार्यक्तम सचालन गरेकोले दुर्घटनाका घटनामा पनि निकै कमि आएको कार्यलयको भनाई छ । 

 
यता जिल्लामा चोरीका मोटरसाईकल पनि कमी आएको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले चलाएको नियन्त्रण अभियान अन्तगत १४२ चल्ती मोटरसाईल नियन्त्रणमा लिईएको अभियानमा खट्नु भएका प्रहरी सहायक निरिक्षक प्रकास चन्द्र घिमिरेले जानाकारी दिनुभयो । प्रक्राउ गरिएका सबै मोटरसाईकल भन्सार पठाउने तयारी भईरहेको प्रहरी प्रमुख पौडेले बताउनुभयो ।


प्रहरी प्रमुख आएको १ वर्षमै जिल्लाको शान्ति सुरक्षुमा निकै कमी आएको जिल्लावासीको ठम्माई रहेको छ । पौडेले र सम्रह प्रहरीले गरेको सकारात्मक कामले अझै पनि निरन्तरता पाहोस हाम्रो पनि ऐक्यवद्धता र शुभकामना पनि  ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।