किन रिश उठ्ने गर्छ

– डि.आर.जी-सुमन

मैदान ५ अर्घाखाँची

 

चोर लाई चोर भन्दा घुस्याहा लाई घुसखोर भन्दा
कालो लाई कालो भन्दा गर्छन यहाँ नेपाल बन्द
 स्याल लाई स्याल भन्दा गधा लाई गधा भन्दा
कुन्नि किन रिश उठेर गर्छन यहाँ नेपाल बन्द

 माइली पोइला जांदा खेरी पाट्टी फुटन सक्छ यहाँ
 साइली बच्चा पाउने हुदा कुरा उठन सक्छ यहाँ
 हर्के दाई को भैसी ब्यौंदा बिर्खे दाई लाई दाहा हुन्छ
 सानु कान्छी को पेट दुख्दा ठुली कान्छी लाई आहा हुन्छ
 
 चोर लाई चोर भन्दा घुस्याहा लाई घुसखोर भन्दा
 कालो लाई कालो भन्दा गर्छन यहाँ नेपाल बन्द