चीनले हालै प्रक्षेपण गरेको अन्तरीक्ष यानमा पहिलोपटक सानो आकारको क्याप्सुल जडान गर्न सफल भएको छ । यसअघि अमेरिका र रुसले साठीको दशकमा यस्तो सफलता हासिल गरेका थिए । चीनले केही दिनअघी प्रक्षेपण गरेको अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनमा सफलतापूर्वक प्रवेश गरेको थियो ।
यसै महिनाको अन्तिम साता पृथ्वीमा फर्कने लक्ष्य लिएको यो यानले अन्तरिक्ष स्टेशनमा रही नयाँ नयाँ प्रयोगहरु गर्नेछ । चीनले गोवी मरुभुमिको जीक्वान अन्तरिक्ष केन्द्रबाट सेन्जाओ नाइन नामक रकेट प्रक्षेपण गरेको हो ।
रकेटमा प्रथम महिला अन्तरीक्षयात्री ल्यु याङसहितका तीन जना सवार छन् । उनीहरुले तियानगोङ अन्तरीक्ष प्रयोगशालामा एक सातासम्म रहेर विभिन्न खाले परीक्षण गर्ने छन् ।