इजिप्टका राष्ट्रपतिमा मोहमद मोर्सी निर्वाचित, राष्ट्रिय एकताका लागि प्रतिबद्धता

 इजिप्टका राष्ट्रपतिमा मोहमद मोर्सी निर्वाचित भएका छन् । निर्वाचित भएपछि मोर्सीले राष्ट्रिय एकताका लागि आफुले चुनाव जितेको बताएका छन् । 



उनले चुनाव जितेपछि पहिलो पटक स्थानिय टेलिभिजन मार्फत जनतालाई सम्बोधन गर्दै अब ईजिप्टमा क्रान्ति सुरु हुने बताएको  बिबिसीले जनाएको छ । 

 

राष्ट्रपति मोर्सीले अन्तरराष्ट्रिय सन्धीहरुको सम्मान गर्दै ईजिप्टमा राजनीतिक सुधार ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । ईजिप्टमा भएको राष्ट्रपतिय चुनावमा मुस्लिम ब्रदर हुडका नेता मोर्सीले ५१ दशमलब ७३ मत ल्याएर बिजयी भएका थिए  ।

 

जितसँगै नव निर्वाचित राष्ट्रपति मोर्सीमाथी थुप्रै चुनौती रहेको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति चुनावमा पूर्वप्रधानमन्त्री अहमद साफिक र मोर्सीबीच प्रतिस्पर्धा भएको थियो ।