सिरीयाली सेनाले टर्कीको युद्धक विमान खसालेपछिको अवस्थाबारे छलफल गर्न उत्तर एटलान्टीक सन्धी संगठनको वैठक

सिरीयाली सेनाले  युद्धक विमान खसालेपछिको अवस्थाबारे छलफल गर्न टर्कीले उत्तर एटलान्टीक सन्धी संगठन नेटोको वैठक डाकेको छ । गत शुक्रवार टर्कीको एफ फोर फान्टम युद्धक विमानलाई सिरीयाली सरकारी फौजले खसालिदिएको थियो
सिरीयाले आफ्नो आकाशमा अपरीचीत विमान प्रवेश गरेपछि खसालिदिएको बताएको छ भने टर्कीले आफ्नो विमान अन्तराष्ट्रिय हवाई क्षेत्रमै रहेको बेलामा सिरीयाली सेनाले आक्रमण गरेको बताएको छ । विमान टर्कीको भन्ने थाहा पाएपछि विमानमा रहेका दुई जना पाईलटको खोजी कार्यमा आफैले सघाएको समेत सिरीयाली सेनाको दावी छ ।


टर्की लगायत उसको नेटो सहयात्रीहरुले भने सिरीयाली कदमको भत्सर्ना गर्दै नेटो वैठकमार्फत भावि रणनीति तय गर्ने बताएका छन् । नेटो गठबन्धनका कुनैपनि सदस्य राष्ट्रले आफ्नो सिमा वा सम्प्रभुतामाथि सुरक्षा चुनौती महशुश गरेको खण्डमा नेटोको वैठक डाक्न सक्ने प्रावधान नेटोको चार्टरमा उल्लेख छ । – AGENCIES