मेक्सिकोको ग्वेरेरो शहरमा भएको वस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । नगरपालिकाको निर्वाचन प्रचारको लागि वामपन्थी पार्टीमा समर्थकहरु चढेको बस सडकबाट तल नालीमा खस्दा २६ जना मारीएका हुन् ।
ग्वेरेरो प्रान्तको एउटा नगरपालिकामा चुनावी -यालीमा सहभागि हुन जाँदै गरेका लेबर पार्टीका कार्यकर्ता चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् ।
मेक्सीकोमा आगामी जुलाई १ तारीखमा राष्ट्रपतिको निर्वाचन हुँदैछभने त्यसभन्दा अघि स्थानीय निकायको निर्वाचन भईरहेको छ ।