लुम्बिनी अर्घाखाँची सहकारी समूह भारतले बार्षिक उत्सव मनाउने

– दीपक जीसी

 

नई दिल्ली, भारत । संपूर्ण अर्घाखाँचीबासीहरुलाई गोलबंद गर्ने उदेश्य सहित गठित  अर्घाखाँची सहकारी समूह ( भारत ) संचालक समितिको बैठक भारतको राजधानी नयाँ दिल्ली स्थित संस्थाको कार्यालय लाजपत नगरमा सम्पन्न भएको छ।

 

बैठक संस्थाका सचिप बिष्णु केसीको सञ्चालनमा र दीपक जीसीको अदक्ष्यतामा सम्पन्न भएको हो।

संस्थाले बिगत बर्ष जस्तै यस बर्ष पनि संस्थाको बार्षिक उत्सव मनाउने निणय गरेको छ।  उक्त कार्यक्रम आगामी जुलाई -८ ( दोस्रो आइतबार ) राजधानी नयाँ दिल्लीमा हुनेछ ।


बैठकले संस्थालाई थप बिकाश गर्न भारतका बिभिन्न क्षेत्रहरुमा समेत आफ्ना ब्रांच ( शाखा कार्यालय ) स्थापित गरी थप सुविधा प्रदान गर्ने निणय गरेको छ । साथै बैठकले संचालक समितिमा कृष्ण पौडेल र जे. बी थापालाई मनोनीत समेत गरेको छ ।

 

यसैगरी संस्थासंग जोड़न इच्छुक लुम्बिनी अंचलबासीहरुलाई ८ जुलाईका दिन संस्थाको प्रबेस फार्म भरी संस्थाको सदस्य समेत बन्न सकिने छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।