माया (गजल)

– उमाकान्त पाण्डे “गाउंले” 

 

माया लाउने भन्दै सधैं तिम्रो घर धाउन थाले
घरमा भाकी श्रीमतीको तिखो गाली पाउन थाले

एकदिन दुईदिन गरीकन नाता बस्यौ धेरै गहिरो
चाहेजस्तो हुँदैगयो उनीसग माया पनि लाउन थाले 


लामो यात्रा गर्ने गरी हिड्दै गर्दा भेटिएका सहयात्री
उनलाई सम्झी केहीदिनमै गिती भाका गाउँन थाले


ऋण लाग्यौ पैसा छैन माग्दै जान्छन दिन हरु
बाँकी छैन सुकी पनि घरको छानो छाउन थाले