प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनु केटाकेटीको खेल नभएको बताएका छन्। उनले कसैले रोएर माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे। संवैधानि निर्वाचनपछि मात्र अर्को सरकार बन्ने उनको तर्क थियो। ब्राजिलको रियो द जेनेरयोमा भएको राष्ट्रसंघीय दिगो विकाससम्बन्धी ३ दिने सम्मेलनमा भाग लिएर स्वेदश फर्किएका प्रधानमन्त्री भट्टराईले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘अन्तरिम संविधान संसोधन गरेर भए पनि मंसिर ७ गते निर्वाचन गराएरै छाड्छु।’ उनले सबै दलसँग सहमति गरेरै निर्वाचनमा जाने बताए। सञ्चारकर्मीद्वारा बजेटबारे सोधिएको प्रश्नमा उनले भने, ‘बजेट अध्यादेशमार्फत् नै ल्याउँछु।’ उनले ब्राजिल भ्रमण उपलब्धिमूलक रहेको बताए। कामचलाउ सरकार प्रमुखको रुपमा भट्टराईको विदेश भ्रमणप्रति विरोध जनाउँदै कांग्रेसका भातृ संगठनले विमानस्थलमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका तरुण दल र नेविसंघका झन्डै ५० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै सत्ता हस्तान्तरण गर्ने उद्घोष गर्नुभएको छ ।
ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दिगो बिकास सम्बन्धि सम्मेलनमा भाग लिएर नेपाल फर्केपछि अन्तराष्ट्रिय बिमानस्थलमा सन्चारकर्मीसंग कुरा गर्दे प्रधानमन्त्री भट्टराईले नयाँ संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै सत्ता हस्तान्तरण गर्ने वताउनुभयो ।
अहिलेको सरकार परिवर्तनको व्यवस्था नै नरहेको उल्लेख गर्दै उहाँले चुनाव बाहेकको विकल्प नभएको दाबी गर्नुभयो । पद त्याग गरेर राष्ट्रिय सहमतिको सरकार गठनका लागि बाटो खोल्न विपक्षीहरुले गरेको आग्रहलाई प्रधानमन्त्री भट्टराइले बालहठको संज्ञा दिनुभयो । काँग्रेस एमाले बालवालिका जसरी नै उफ्रिने र अन्ततः थाक्ने प्रधानमन्त्रीको भनाई थियो ।
आफु संसदबाट निर्वाचित प्रधानमन्त्री भएको र अहिले संसद बिघटन भइसकेको अवस्थामा दलहरुको आकारसँग कुनै सरोकार नहुने पनि उहाँले वताउनुभयो । चुनावमा जानु बाहेकको विकल्प नभएको भन्दै उहाँले संविधानसभा पुनस्र्थापना हुनै नसक्ने तर्क गर्नुभयो । चुनावका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर कानून बनाउन सकिने प्रधानमन्त्री भटट्राइको भनाई थियो ।
अध्यायदेशबाट बजेट ल्याउने उल्लेख गर्दै प्रधानमन्त्री भट्टराइले एकीकृत माओवादी विभाजन नभएको र केहि ब्यक्ति मात्रै बाहिरिएकाले चिन्ता गर्न नहुने वताउनुभयो । उहाँले पार्टीबाट बाहिरिनेहरुको हैसियत चुनावमा देखिने समेत उल्लेख गर्नुभययो ।
प्रधानमन्त्री भट्टराइले आफ्नो ब्राजिल भ्रमण अत्यन्त सफल रहेको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री भट्टराई राष्ट्रपतिलाई आएको निमन्त्रणामा आफै ब्राजिल जानुभएको हो । ब्राजिल बसाइको क्रममा प्रधानमन्त्री भट्टराइले भारतीय समकक्षी डा. मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको थियो । नेपाली पक्षले प्रयास गरेपनि चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले भने प्रधानमन्त्री भट्टराइसँग भेटवार्ता गर्नुभएन ।