काठमाडौं, १२ असार १९ वर्षमुनिको एसिया कप अन्तर्गत आज नेपालले आफनो अन्तिम खेलमा भारतको सामना गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको अन्तिम खेलमा विजय हात पार्ने टोलीले सेमिफाइल प्रवेश पाउने छ ।
१९ वर्षुमनिको स्तरमा नेपाल र भारत पाचौपटक भिड्न लागेका हुन् । सन्। २००० मा श्रीलंकामा आईसिसि मा नेपाल र भारत पहिलो पटक भिडेका थिए । जसमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
पहिलो २ खेल जितेर सेमिफाइलमा सुरक्षित भइसकेको पाकिस्तानले समूह ए को अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । नेपालले पाकिस्तानसँग ८ विकेट पराजित भएको थियो भने मेलेसियालाई १ सय ७ रनले हराएको थियो ।